आइसोलेसनमा उपचाररत गुल्मीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं, जेठ ३२ : गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका ३६ वर्षीय पुरुषको गएराती निधन भएको हो ।

यसअघि २ पटकसम्मको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो  भने पछिल्लो पटक जेठ २८ मा पठाईएको पिसिआर परीक्षणको रिपोर्ट आइनसकेको जनाइएको छ।

मृतक पुरुष लामो समयदेखि क्यान्सरको रहेको पनि थाहा भएको छ ।