लद्दाखमा चीन र भारतका सैनिक बीच भिडन्त एक कमाण्डिङ्ग अफिसर सहित तीन भारतीय सैनिक मारिए

लद्दाखको गलवान सिमा क्षेत्रमा चीनियाँ सेना र भारतीय सेना बीच भिडन्तमा एक सैनिक अधिकारी सहित तीन भारतीय सैनिकको मृत्यु भएको छ। सोमवार साँझ ‘लाइन अफ कन्ट्रोल’मा विवाद हुँदा भारतीय सैनिक मारिएका हुन्।

लगभग ४० वर्ष पछि चीन र भारत बीच सिमानामा तनाव भएर गोली हानाहान भएको छ। केहि दिन अगाडी देखि त्यस क्षेत्रमा चीन र भारतबीच विवाद हुदैँ आएको थियो।

घटना’bout थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटना’bout जानकारी दिन अहिले  २ बजे पत्रकार सम्मेलन गर्दैछ। 

लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो।