उपत्यकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : उपत्यकामा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक र भक्तपुरमा एक नयाँ संक्रमित थपिएका हुन्।

उनका अनुसार काठमाडौंका एक पुरूष र भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। 

देशभर आजमात्रै ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको छ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ११३ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ३ सय ३७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

हालसम्म २४ जना मृतकमा कोरोना पुष्टि भएको छ। – काठमाडौँ प्रेस