प्रजातान्त्रिक महिला संगठनको विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रमसं) ले महिला हिंसा, एमसीसी र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी चाहिदैन, भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टिन र बलात्कारीलाई सजायको माग गर्दै बुधबार माइतीघरबाट सुरू भएको विरोध र्याली बानेश्वरमा पुगेर सम्पन्न भएको थियो ।

राप्रमंसको कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ विजयकला राईले, लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको खरो आलोचना गरे । कोरोना महामारी विरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै, क्वारेन्टिनमा महिला बलात्कृत हुँदा सरकार टुलुटुल हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।