पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं, असार ११ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा असार ८ गते भर्ना भएका स्याङ्जा जिल्ला सिरुवारी घर भएका ५५ बर्षीय एक जना पुरुषको गएराती उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

निमोनिया र मधुमेह रोगबाट ग्रसित ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यो सँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

यसअघि पनि स्याङ्जा एक कोरोना संक्रमितको मृत्यु भईसकेको थियो ।-काठमाडौँ प्रेस