राजीनामा मागिएपछि प्रधानमन्त्री स्थायी कमिटीका केहि सदस्य तथा मन्त्रीहरूसँग बालुवाटारमा परामर्श गर्दै

काठमाडौं, असार १७ : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री छलफलमा जुटेका छन् । उनले उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न  मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएको बुझिएको छ । नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकाशं नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए ।

आज ११ बजे पनि स्थायी समितिको वैठक बस्दै छ। ओलीले वैठकमा आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेको श्रोतको दाबी छ। मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।