नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु, संक्रमित हुनेको संख्या १५ हजार ४९१ पुगेको छ

काठमाडौं, असार २० : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। 

योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। 

 नेपालमा थप  २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ४९१  पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ४ सय १५ जना निको भएर घर फर्किएका छन्।