भारत धेरै कोरोना संक्रमित देशमध्ये तेस्रो स्थानमा

काठमाडौं, असार २१ : विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित देश मध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।
रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ ।
रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतको भन्दा भन्दा बढी छ ।
अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् ।