आरडीटी रोक्न र पीसीआर परीक्षण गर्न सरकार सहमत, इनफ इज इनफका युवाले तोडे अनशन

काठमाडौं, असार २३ : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि दबाब दिन अनशनरत इनफ इज इनफ अभियानकर्मी र सरकारबीच सहमति भएको छ। सहमतिसँगै युवाले अनशन तोडेका छन्।

आज अभियानकर्मी र सरकारबीच १२ बुँदे सहमति भएको छ। अबदेखि आरडीटी परीक्षण स्थगित गर्ने र चिकित्सकको सुझाबअनुसार पीसीआर परीक्षण गर्ने सहमति भएको छ।

त्यस्तै, क्वारेन्टाइन व्यवस्थित गर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण गरेपछि मात्रै घर पठाउने सहमति भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार अहिलेको निर्देशिकालाई परिमार्जन गर्न पनि सरकार सहमत भएको छ।

सहमितसँगै अनशनरत इ र पुकार बमले अनशन तोडेका छन्। सहमतिमा इनफ इज इनफ अभियानका तर्फबाट इ र पुकार बमले तथा सरकारका तर्फबाट डा.रोशन पोखरेल र डा.समीरकुमार अधिकारीले हस्ताक्षर गरेका छन्।

इनफ इज इनफ अभियानकर्मी र सरकारबीच भएकाे सहमित :