शनिबार नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, साउन २ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय समितिको बैठक बोलाएको छ। भोलि शनिबारको लागि बैठक बोलाइएको हो।
शुक्रबार भएको नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफलले सचिवालय समितिको बैठक बाेलाउने सहमति भएको एक नेताले बताए।
साउन ४ गतेको लागि तय गरिएको स्याथी कमिटी बैठक अघि सचिवालय बैठक बस्ने तय भएकाे हो।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षको दुबै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाभित्र चर्किएको विवाद अझै समाधान हुन सकेको छैन्।
