खासा नजिकको केरूङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राप्त भएको जनाइएको छ।