मांगलिक दोष र लाल किताब टोट्का

 

 

मनुष्यले जन्म लिएर जसो जसो ठुलो हुदैँ जान्छ त्यसै अनुसार उसले जीवनमा शुभ-अशुभ,प्रिय-अप्रिय यावत घटनालाई पनि भोग गर्दै अगाडी बढिरहेको हुन्छ।यस प्रकारको जीवनमा आउने घटना तथा भोगलाई जान्न,चिन्न एवम यसको समाधान गर्नका लागि हाम्रो धर्मशास्त्र आध्यात्मले प्रदान गरेको एक मात्र पद्वति हो ज्योतिष शास्त्र।यही शास्त्र द्वारा मनुष्य जीवनलाई बुझ्न र पढ्न सकिन्छ।

 

तसर्थ आज म यस्तै दोष भोग जो अनान्यादी हुन्छन।यसै मध्य मनुष्यको कुण्डलीमा हुने मंगल दोष जसलाई मंगल दोष तथा कुज दोष पनि भनिन्छ।यो दोष कुण्डलीमा कसरि लाग्छ यदि लाग्यो भने यसको निदान कसरि गर्ने।कुनै पनि व्यक्तिको कुण्डलीको १,४,७,८,१२ भावमा मंगल भयो भने यसलाई मंगल दोष भनिन्छ।कुन लग्नमा मंगल कुन भावमा छ र त्यो भावमा भएको मंगल दोषलाई के उपाय गर्दा समाधान गर्न सकिन्छ।त्यो यस प्रकारको रहेको छ।

 

मेष

मेष लग्नको कुण्डलीमा मंगल प्रथम भावमा छ भने रातो रुमाल साथमा राख्ने।तामा वा स्वर्णमा मुँगा जडित औंठी लगाउने,बादरलाई भोजन दिने तन्दुरमा पकाएको,गुलियो रोटि कुकुरलाई खान दिने।

 

मेष लग्नमा मंगल चौथो भावमा छ भने चाँदीको कडा चुरो जस्तैमा तामाको किल्ला ठोकी लगाउने,बादरलाई भोजन दिने,घरमा नोकर राख्ने।

 

मेष लग्नमा मंगल सप्तम भावमा भए तामा वा स्वर्णमा मुगां जडित औंठी लगाउने,घरमा नोकर राख्ने।
मेष लग्नमा मंगल अष्टम स्थानमा भए चाँदीको औंठी नजोडिएको,ग्याप भएको लाउने,चिनी खोलामा बगाउने,चाँदी तामा मिसाएर बाला कडा लगाउने।

 

मेष लग्नमा मंगल द्वादश स्थानमा भए सुन्दर काण्ड(रामायण) को पाठ गर्ने।

वृष

वृष लग्नमा मंगल प्रथम भावमा भए रातो रुमाल साथमा राख्ने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने।

 

वृष लग्नमा मंगल चौथो भावमा भए हनुमान जी लाई प्रसाद चढाई बाड्ने,चाँदीमा तामा मिसाएको बाला लगाउने,मह र सिन्दुर खोलामा बगाउने।

 

वृष लग्नमा मंगल सप्तम भावमा सुन्दर काण्ड (रामायण)पाठ गर्ने,मुगी सुनमा बनाई लगाउने। वृष लग्नमा अष्टम भावमा भए तन्दुरमा गुलियो रोटि पकाई कुकुरलाई खान दिने,घरमा नोकर राख्ने।

 

वृष लग्नमा मंगल द्वादश भावमा भए गायत्री मन्त्रको जप गर्ने,दुर्गा चालिसा पाठ गर्ने, चाँदीको औठी जोडिएको बिना लगाउने।

 

मिथुन लग्नमा मंगल प्रथम भावमा भए हनुमानजीलाई प्रसाद चढाई बाड्ने।

 

मिथुन लग्नमा मंगल चौथो भावमा भए चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने,मुगा सुनमा बनाई लाउने,मह सिन्दुर नदीमा बगाउने।

 

मिथुन लग्नमा मंगल सप्तम भावमा भए चाँदीको औठी नजोडिएको लगाउने,हनुमानजीलाई लड्डु चढाई बाड्ने।

 

मिथुन लग्नमा मंगल अष्टम भावमा भए चाँदीको बालामा तामाको किल्ला हाली लगाउने।

 

मिथुन लग्नमा मंगल द्वादश भावमा चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने।

कर्कट

कर्कट लग्नमा मंगल प्रथम भावमा भए हनुमान चालिसा पाठ गर्ने,तामा वा स्वर्णमा मुगांको औठी बनाई लाउने,चाँदीको चुरा रातो गरि श्रीमतीलाई लाई दिने,घरमा नोकर राख्ने।

 

बाँकि लग्न र उपाय अर्को साता जानकारी गराउने छु।

क्रमश :

[email protected]

977-9849428414