तेजाब प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भन्नुभयो, “ उपचारमा सरकारले सहयोग गर्छ”

कीर्तिपुर अस्पतालमा एसिड प्रहारबाट घाइते भई उपचाररत ओखलढङ्गा जिल्ला घर भई हाल काठमाडौँ सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवती । तस्वीर : रत्न श्रेष्ठ(रासस)

काठमाडौँ, ११ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका ’boutमा जानकारी लिनुभएको छ ।

मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उहाँले भन्नुभयो,” “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचार’bout जानकारी लिनुभएको थियो ।

उहाँसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुग्नुभएको थियो । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्था’bout त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिनुभएको थियो ।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।


स्वास्थ्य तथा जनसÂङ्ख्यामन्त्री भानुभक्त ढकाल, सांसदहरु यज्ञराज सुनुवार, निरुदेवी पाललगायत कीर्तिपुर अस्पतालमा एसिड प्रहारबाट घाइते भई उपचाररत ओखलढÂङ्गा जिल्ला घर भई काठमाडौँ सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीको स्वास्थ्य अवस्था बुुझेर फर्किदै । तस्वीर : रत्न श्रेष्ठ(रासस)

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उहाँकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्नुहुन्थ्यो । पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाड्नुभएको थियो ।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उहाँले भन्नुभयो । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ । (रासस)