सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो : एक जनाको मृत्यु, ७ जना वेपत्ता, एक जनाको जीवितै उद्धार
काठमाडौं, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् ।
अबिरल बर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची न.पा. ११ मा मेलम्ची बजारमा गएराती गएको पहिरोमा परि १ जनाको मृत्यु हुनुका साथै ७ जना वेपत्ता भएका हुन् ।
यस्तै एक जनाको जीवितै उद्धार गरिएको छ ।
प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएको वडा अध्यक्ष रुद्र प्रसाद दुलालले बताए ।
उद्धारमा खटिएको प्रहरीको टोलीले पहिरोमा पुरिएको एकजनाको शव निकालेको दुलालले जानकारी दिए । अहिले जनपथ प्रहरी र शशस्त्र प्रहरी घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ७ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।