राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट आईतबार राष्टिय सभाअन्तर्गत दीगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र राष्टिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावललाई सिंहदरबामा पद तथा गोपनियताको शपथ गराउनुहुँदै । तस्वीर : रत्न श्रेष्ठ(रासस)

काठमाडौँ, २५ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए ।

विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध हुनुभएको थियो ।


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट आइतबार राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावललाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउँदै । तस्वीर : रत्न श्रेष्ठ (रासस)

सिंहदरबारमा आज शपथग्रहणपछि पत्रकारसँग कुराका क्रममा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति बिडारीले महामारी रोग फैलिरहेको र संसद् बैठक पनि नभएका बेलामा संसदीय समिति नै संसद्को काम गर्ने मुख्य थलो रहेको उल्लेख गर्दै सरकार, संवैधानिक अङ्ग र कानूनानुसार स्थापित संस्थालाई सदनप्रति उत्तरदायी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर मुलुकको कानून देश र जनताको हितका निम्ति मात्रै बन्छन्, राष्ट्रिय महत्वका विषय संरक्षित हुन्छन् र सरकारले बोलेका कुरा लागू गरिन्छ भन्ने कुराको अनुभूति दिलाउने विषय मुख्य चुनौती रहेकाले त्यसतर्फ समिति केन्द्रित हुने बताउनुभयो ।

सोही क्रममा राष्ट्रिय सरोकार समितिका सभापति रावलले राष्ट्रिय गौरवका योजना भनिए पनि २०÷२५ वर्षसम्म सम्पन्न नहुने जटिलता कायमै रहेका सन्दर्भमा गुणस्तरयुक्त बनाएर समयमै सम्पन्न गर्न सके समृद्धिको योजना साकार पार्न कोसेढुङ्गा सावित हुने भएकाले त्यसतर्फ समितिको ध्यान गएको बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा, मानवाधिकार र पछाडि पारिएका समुदायको अधिकारको विषयलाई ध्यान दिँदै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट आईतबार राष्ट्रिय सभाअन्तर्गत दीगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावललाई सिंहदरबामा गराइएको पद तथा गोपनियताको शपथ कार्यक्रममा सहभागीहरु । तस्वीर : रत्न श्रेष्ठ (रासस)

तीन तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको कानून पारित भएको स्मरण गर्दै सभापति रावलले त्यसलाई कार्यान्वयन गर्न वर्तमानमा देखिएको समन्वय, योजना कार्यान्वयन र कर्मचारी व्यवस्थापनमा देखिएको कमजोरीका विषयमा केन्द्रित गरेर विशेष योजनाका साथ समिति अघि बढ्ने बताउनुभयो । राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना हुनुहुन्छ । पुनःनिर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनीत सांसद हुनुहुन्छ । (रासस)