स्वास्थ सेवा प्रणालीका लागि सामाजिक कार्य

विगत लामो समयदेखि नेपालमा सामाजिक कार्य अध्ययन अध्यापन गराउदै आएको कादम्बरी मेमोरियल कलेजले भारतको प्रतिष्ठित पुजा भगवत मेमोरियल महाजना शैक्षिक केन्द्र संगको सहकार्यमा नेपालमै पहिलो पटक चिकित्सा र मनोवैज्ञानिक क्षेत्रमा सामाजिक कार्य, अभ्यास तथा प्रयोगमा केन्द्रित रहेर यहि अगष्ट १० देखि अगष्ट १२ सम्म ३ दिने अन्तर्राष्ट्रिय वेबिनार आयोजना सुरु गरेको छ ।

स्वास्थ्य क्षेत्र एक जटिल विषय रहेको र यस क्षेत्रको प्रयोगात्मक सुदृढीकरणका लागि सामाजिक कार्यको महत्त्वपुर्ण भुमिका रहेको कुरालाई नकार्न नसकिने भन्दै यस्ता बहुआयामिक सामाजिक विषयमा छलफल, बहस, अनुभव तथा चुनौती साटासाट र विभिन्न क्षेत्रको भुमिकाका ’boutमा यस्ता वेबिनार, सम्मेलन हुनुपर्ने कलेज प्रमुख प्रदिप्ता कादम्बरीले बताउनुभयो ।

वेबिनारसंग संबंधित बिबिध विषयमा बहस, छलफल गर्नका लागि नेपाल, भारत लगायत अन्य देशका गरि ६०० भन्दा बढी सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी, अधिकारकर्मी, सामाजिक कार्य अध्ययनरत बिद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध युवाहरु माइक्रोसफ्ट टिम्स मार्फत सहभागी हुने कुरा उल्लेख गर्दै शैक्षिक प्रमुख दिलकुमार ठकुरीले यस वेबिनार मार्फत कलेजले सुरुवाती कदम चालेको र आगामी दिनमा यस्ता कार्यक्रम तथा सम्मेलनलाई कलेजले उत्कृष्ट शैलीमा निरंतरता दिने प्रतिबद्धता जनाउनुभयो ।

साथै सामाजिक कार्य अध्ययनतर विद्यार्थीहरुको प्रत्येक्ष सहयोगमा सम्पन्न हुन गइरहेको यस वेबिनारसंग संबंधित विषयमा थप जानकारीका लागि तलको लिंक मार्फत सम्पर्क गर्न सकिने छ ।