डा. केसी मुगुमा चार वटा शल्यक्रिया र २ सय भन्दा बढी बिरामीको उपचार गरेर फर्किए
करिव एक हप्ता पहिले जुम्ला हुदै मुगुको गमगढी पुगेका डाक्टर गोविन्द के. सी. ले ४ जनाको निशुल्क अप्रेसन र २ सय भन्दा बढीको उपचार गरेर मुगालीलाई गुन लगाउँदै जुम्ला फर्किएका छन् ।
सामान्य नागरिक सरहको जीवन शैली र पैदलै हिडेर नेपालका कुना कन्दरा पुग्दै दुखि गरिवका उपचारमा निरन्तर लागि पर्ने डा. गोविन्द के. सी. मुगु पुगेर आर्थिक अवस्था नाजुक भएका मुगुका ४ जनाको शल्यकृया गरिदिएका छन्।
हाडजोर्नी सम्बन्धि नेपालकै विशेषज्ञ डाक्टर मध्येका एक जना प्राध्यापक डा गोविन्द के सी स्वास्य्थ्य कार्यालय मुगुमा हड्डी सम्बन्धि रोगको उपचार गर्न आएको खवर सुनेर कोरोनाको कहरका कारण घुमघाम गर्न अफ्ठेरो भै रहेको बेलामा पनि सर्वसाधारणहरु उपचारकालागी स्वास्थ्य कार्यालय मुगु पुगेका थिए ।
छायानाथ रारा नगरपालिका –१०, कि १० बर्षिया रेश्मा भामको हातको शल्यकृया गरिएको थियो भने वडा नं ७, १३ र ५ का १८ देखि २० बर्षका क्रमश गगन भाम, गजेन्द्र लुहार र राजु कार्कीको शल्यकृया गरिएको थियो ।
डा. के. सी. मुगु पुगेर यताउती कतै घुमफिर नगरी ५ दिन सम्म विहान ८ बजे देखि साँझ ५ बजे सम्म निरन्तर विरामीको चेकजाँच र शल्यकृयामै पुरा समय विताउने गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. निर्मल नगरकोटीले बताउनु भएको छ ।
कविराज कार्की / मुगु