६३८ जनामा कोरोना संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ

काठमाडौं, साउन २७ : नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर १७१ जना घर फर्किएका छन्।
