कालिकोटको पहिरोमा परेर ६ जनाको निधन

काठमाडौं । कालिकोटको महाबै गाउँपालिकामा पहिरोले पुरिएर ६ जनाको निधन भएको छ ।
लगातार परेको वर्षापछि खसेको पहिरोले घर पुर्दा ६ जनाको निधन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर शाहीले जानकारी दिए। गाँउपालिकाको वडा नम्बर ३ को नक्कुमा रजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनीहरूको निधन भएको हो ।
शाहीका अनुसार पहिरोमा पुरिएर नन्दबहादुरका दुई छोरी, दुई छोरा र उनका दाजु दिलबहादुर बिष्टका दुई छोरीको निधन भएको हो । नन्दबहादुर सोही पालिकाका वडा सदस्य छन् ।
