कोरोना भाइरसविरुद्ध बनेका १ सय ६५ मध्ये आठ खोप स्वीकृति नजिक
काठमाडौं, साउन ३० : विश्वभरका अनुसन्धानकर्ताहरु यतिबेला कोरोना भाइरसविरुद्धको खोप बनाउन तीव्र रुपमा लागि परेका छन्। हालसम्म विभिन्न देशमा १ सय ६५ वटा खोप बनेको छन्। तीमध्ये ३१ वटाको मात्रै मानवमा परीक्षण भइरहेको छ।
डिसेम्बरबाट चीनको हुवान प्रान्तबाट फैलिन थालेको कोरोना भाइरसको खोपका ’boutमा गत जनवरीदेखि अनुसन्धान हुन थालेको हो। खोपको परीक्षण प्रक्रिया भने मार्चबाट सुरु भएको हो। कतिपय खोपको परीक्षणको पहिलो चरणमा नै फेल भए भने कतिपय खोपले केही असर देखाउन सकेनन्।
केही खोपले भने भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग गरिरहेको देखाएका छन्। तर कुनै पनि खोपले हालसम्म पूर्ण सफल भएर स्वीकृति भने पाएको अवस्था छैन। कुनै पनि खोप सिधैं मानिसमा परीक्षण हुँदैनन्। मानवलाई लगाउनु अघि त्यसले विभिन्न चरण पार गरेको हुन्छ।
कसरी हुन्छ खोप परीक्षण ?
प्री-क्लिनकल परीक्षण
प्री क्लिनिकल परीक्षणमा तयार पारिएको खोप जनावरलाई लगाइन्छ। खोपको असर’bout अध्ययन गर्न प्राय मुसा र बाँदरको प्रयोग गरिन्छ। त्यसपछि पहिलो, दोस्रो र तेस्रो चरणमा विभाजित गरी चरणबद्ध रुपमा खोपको परीक्षण गरिन्छ।
पहिलो चरण
यस चरणमा खोप कत्तिको सुरक्षित छ भन्ने अनुसन्धान गरिन्छ। त्यसका लागि थोरै मानिसहरुमा खोप लगाइन्छ र त्यसको असर’bout अध्ययन हुन्छ। पहिलो चरणमा कुनै नकारात्मक असर नदेखिएको अवस्थामा बल्ल दोस्रो चरणको प्रक्रिया सुरु हुन्छ।
दोस्रो चरण
खोपले पहिलो चरणमा सकारात्मक नतिजा दिएको अवस्थामा मात्रै उक्त अध्ययन दोस्रो चरणको परीक्षणका लागि अघि बढ्छ। यस चरणमा सयौँ मानिसहरुलाई खोप लगाइन्छ। खोप लगाउन बालबालिका, युवा, वयश्क तथा वृद्ध समूहमा मानिसलाई विभाजित गरिन्छ। यो बृहत्तर परीक्षणको नतिजामा खोप कत्तिको असरदार र सुरक्षित छ भन्ने कुरा मूल्याङ्कन हुन्छ। खोपले नकारात्मक असर नपारेको पुष्टि भएको अवस्थामा तेस्रो चरणको परीक्षणका लागि योग्य हुन्छ।
तेस्रो चरण
तेस्रो चरणको परीक्षण अझै बृहत्तर किसिमको हुन्छ। तेस्रो चरणको परीक्षणमा दोस्रो चरणमा अध्ययन गर्दा छुटेका विषयवस्तु तथा खोपको खराब असर’bout बृहत्तर रुपमा अध्ययन गरिन्छ। यो चरणमा सम्बन्धित भाइरसबाट ग्रस्त हजारौँ मानिसलाई खोप लगाइन्छ। यो चरणमा खोप भाइरसविरुद्ध लड्नका लागि सक्षम छ वा छैन भन्ने पुष्टि गरिन्छ। यदि खोप लगाएका ५० प्रतिशत संक्रमित मानिसहरु ठीक भए खोप उत्पादनका लागि स्वीकृति लिने चरणमा पुग्छ।
स्वीकृतिको चरण
पहिलो, दोस्रो र तेस्रो चरण सफलतापूर्वक पार गरेको खोप बजारमा ल्याउनका लागि स्वीकृति लिनुपर्ने हुन्छ। विभिन्न देशका नियामक निकायले परीक्षण नतिजाको मूल्याङ्कन गर्दै त्यो खोप आफ्नो देशमा भित्र्याउने वा नभित्र्याउने भन्ने निर्णय गर्छन्। महामारीको अवस्थामा भने स्वीकृतिको चरणभन्दा अघि आपतकालीन उपयोगको लागि मात्रै पनि स्वीकृति प्राप्त गर्न सक्छन्। जब खोपले स्वीकृतिको चरण पार गरेर लाइसेन्स प्राप्त गर्दैन, अनुसन्धाकर्ताहरुले खोपको प्रभावकारीता’bout अध्ययन जारी राखेका हुन्छन्।
यी हुन् कोरोनाका लागि तेस्रो चरण पार गरेका खोपहरु :
बेलायत र स्वीडेनको कम्पनी एस्ट्राजेनकाले अक्सफोर्ड विश्वविद्यालयको फर्मुलामा आधारित भएर तयार पारेको खोपले परीक्षणको तेस्रो चरण पार गरेको छ। पहिलो चरणमा चिम्पान्जीमा खोप परीक्षण गरिएको थियो। त्यस खोप लगाएपछि कोरोना प्रतिरोधी क्षमता चिम्पान्जीमा विकसित भएको पाइएको थियो।
यस्तै, बाँदरमा समेत परीक्षण सफल भएपछि दोस्रो चरणमा मानवमा परीक्षण भएको थियो। यो खोप लगाएपछि मानवमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास भएको पाइएको थियो। खोप लगाइसकेपछि मानिसमा कुनै पनि असर देखा परेको थिएन। तेस्रो चरणको परीक्षणमा भारत, ब्राजिल र साउथ अफ्रिकाका १० हजार मानिस सहभागी भएका थिए। तेस्रो चरणको प्रारम्भिक नतिजा पनि सकारात्मक देखिएको छ।
खोपलाई स्वीकृति दिएको अवस्थामा आगामी अक्टोबरभित्रै बजारमा ल्याउने एस्ट्राजेनको तयारी छ। अहिले भारतको पुनेमा समेत यसको उत्पादन भइरहेको छ। स्वीकृति पाएको खण्डमा दुई अर्ब डोज खोप उत्पादन गर्ने कम्पनीको तयारी छ। यो कम्पनीलाई अमेरिकाले १२ करोड अमेरिकी डलर अनुसन्धानका लागि सहयोग गरेको छ।
अमेरिकी कम्पनी मोर्डनाले आफ्नो खोपले तेस्रो चरणको परीक्षण पार गरेको जनाएको छ। यो कम्पनीको खोपले भाइरसविरुद्ध लड्न शरीरमा प्रोटिन उत्पादन गर्ने कम्पनीले दाबी गरेको छ। यो भ्याक्सिन बजारमा आउन भने बाँकी छ। अमेरिकी सरकारले यस भ्याक्सिनको उत्पादनका लागि १ अर्ब अमेरिकी डलर प्रदान गर्ने भएको छ।
अमेरिकाको नेशनल हेल्थ इन्स्टिट्युसनको संलग्नतामा समेत भएको परीक्षणले मोर्डनाको खोप बाँदरमा परीक्षण गर्दा खोप लगाएको बाँदरमा कोरोना संक्रमण नदेखिएको भेटिएको थियो। त्यसपछि मार्चमा कम्पनीले मानिसमा दोस्रो चरणमा खोपको परीक्षण गरेको थियो। दोस्रो चरणको परीक्षणबाट समेत सकारात्मक नतिजा पाएपछि गत जुलाइमा अमेरिकाका ८९ ठाउँका ३० हजार मानिसमा खोप लगाइएको थियो। अहिले त्यसको नतिजाको पर्खाइमा रहेको कम्पनीले जनाएको छ। यसको नतिजा प्रभावकारी देखिए अमेरिकी सरकारले थप डेढ अर्ब अमेरिकी डलर खर्च गरेर सय करोड डोज खोप उत्पादन गर्नका लागि उपलब्ध गराउने भएको छ।
चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स पनि आफ्नो खोपको तेस्रो परीक्षण सकेको छ। त्यस खोपको नाम एडेनोभाइरस राखिएको छ। पहिलो र दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले तेस्रो चरणको परीक्षण भने साउदी अरबमा पाँच हजार जनामा गरेको थियो। त्यसको नतिजा पनि सकारात्मक देखिएपछि कम्पनीले उत्पादनको स्वीकृति कुरिरहेको छ।
यस्तै, वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्टको खोपले पनि तेस्रो चरण पार गरेको छ। कम्पनीले सिनोफार्म नामक खोपको तेस्रो चरणको परीक्षण संयुक्त अबर इमिरेट्समा गरेको हो। संयुक्त अरब इमिरेट्सका ५ हजार जनामा खोपको परीक्षण गरिएको थियो। खोपले कुनै पनि खराब असर गरेको नपाइएको कम्पनीको दाबी छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार यो खोप विक्री वितरणका लागि वर्षको अन्त्यसम्म तयार हुन सक्छ।
यस्तै, अर्को चिनियाँ कम्पनी सिनोभेक बायोटेकले पनि तेस्रो चरणको परीक्षण गरिसकेको छ। पहिलो र दोस्रो चरणमा ७ सय ४३ जनामा खोपको परीक्षण गरेको थियो। तेस्रो चरणमा ब्राजिल र इन्डोनेसियाका ९ हजार मानिसमा खोपको परीक्षण गर्दा असर सकारात्मक पाइएको कम्पनीको दाबी छ। कम्पनीले खोपको परीक्षण सफलता उन्मुख रहेको भन्दै वार्षिक एक सय करोड डोज भ्याक्सिन उत्पादनको तयारी गरिरहेको छ।
यस्तै, क्षयरोगविरुद्धको खोप बसिलस क्यालमट ग्युरान नामक खोपको पनि तेस्रो चरणको परीक्षण भएको छ। अष्ट्रेलियाको म्युडक चिल्ड्रेन इन्स्टिच्यूटले खोपको तेस्रो चरणको परीक्षण सम्पन्न भएको जनाएको हो। त्यस खोप कोरोनाविरुद्ध प्रभावकारी रहने वा नरहने’bout निष्कर्षमा पुग्नका लागि तेस्रो चरणको परीक्षणको नतिजा विश्लेषण भइरहेको बताइएको छ।
यसैबीच, रसियाले भने खोपको दर्ता गरिसेकको छ। दोस्रो चरणको मात्रै नतिजाको आधारमा खोपको दर्ता गरिएको भन्दै खोपको प्रभावकारिता र सुरक्षा’bout प्रश्न उठिरहेको छ। रुसको स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने गामालेय रिसर्च इन्स्टिच्यूटले यसको परीक्षण गरेको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार रुसले खोप बनाएको दाबी गरेका थिए। त्यस खोप आफ्नो छोरीमा समेत परीक्षण गरिएको र नतिजा सकारात्मक रहेको उनको दाबी थियो। त्यसको नाम स्पुतनिक राखिएको छ। यद्यपी तेस्रो चरणको परीक्षणविनै खोप स्वीकृत हुनु स्वास्थ्य दृष्टिकोणले खतराजनक हुने भन्दै आलोचना भइरहेको छ।
-द न्यूयोर्क टाइम्सबाट अनुवाद