कारोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको निधन

काठमाडौं, साउन ३१ : पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

साउन ३० गते शुक्रबार बेलुकी ७ बजे उनको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि उपचारको क्रमा उनको निधन भएको हो।