हिङ लेखेको टालो

-बिकास सिंह

यहाँ निर्मला कल्पना न्याय कसैले पाएन

वाइडबडी साँघुरियो सजाय कसैले पाएन

टोलटोलामा पोलपोलामा झुन्डिएको भेटियो

कठै निर्धोको घर आगन सरकार भेटाएन


घनस्याम घाडो यहाँ धनस्याम प्यारो

गासबास हाथ छैन किन बन्दको हतारो

कोरोना प्रकरण ताजा एक उदाहरण

हाम्रो भान्छाको पाले डाडेबिरालो 

दालामा कालो छैन यहाँ पुरैदाल कालो

हिङ बाधेको हैन हिङ लेखेको टालो

चाकरी र चापलुशी छैन हाम्रो पालो

योग्यता सोध्दा भन्छ फलानोको सालो


यो कस्तो उकालो प्रगतिको चड्न गाह्रो

देशको झन्डा भन्दा डन्डा पाटिकै प्यारो

यसो गर्नुहुन्न केवल हाथमा लाग्छ सुन्ना 

सधै लोपा खानछ तर चेत्दैन बिचारो