कोरोना संक्रमणबाट वीरगञ्जमा दुई जनाको मृत्यु
वीरगञ्ज, भदौ १० : पर्साको वीरगञ्जमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको गएराति मृत्यु भएको छ। गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको विश्रामपुर गाँउपालिका १ छतवाका ४२ वर्षीय पुरुषको गएराति १०ः४५ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसीयाले बताए।
उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो। मंगलबार गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको थियो। त्यसपछि उनलाई वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
त्यस्तै, वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै उपचाररत बाराको कलैया उपमहानगरपालिका १ का ७० वर्षीय बृद्धको गएराति नै मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमण देखिएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो। उनको गएराति ८ बजे मृत्यु भएको डा.चौरसीयाले बताए।
योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ।