लकडाउनले मन्दिर निर्माणको काम प्रभावित

लामो लकडाउन र बर्षाले कर्णाली राजमार्ग अवरुध्दका कारण छाना छाउने पाता ढुवानी हुन नसक्दा कर्णाली प्रदेशकै प्रशिध्द भगवान छायानाथको मुगु जिल्लाको चैन गाँउ स्थित निर्माणाधिन मुल मन्दिरको काम प्रभावित भएको छ ।

छायानाथ रारा नगरपालिकाको करिव ३० लाखको लागतमा मुगु जिल्लाकै ठुलो र आकर्षक शैलीको मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगे पनि लकडाउनले छाना छाउने तामाका पाता नेपालगंजमै रोकिए पछि निर्माणकार्य अधुरो रहेको छ ।

यातायात अवरुध्दका कारण छाना छाउन ढिला भए पछि निकै मेहनत र महङ्गो मुल्यमा तयार पारेका काठका बुट्टादार टुडालहरु बर्षाको पानीले बिग्रने सम्भावना बढेको छ ।

जिल्लाकै नमुना र आकर्षक शैलीको मन्दिर निर्माणका लागि सिकर्मी र कालीगढ समेत  बाहिर जिल्लाबाट झिकाइएकाले मन्दिर अत्यन्तै सुन्दर बन्ने सबैले आशा गरेका थिए ।

सडक अवरुध्दले छाना छाउन ढिला भए पछि सुरक्षाकालागि ढाकेको प्लाष्टिक समेत अविरल बर्षा र हावाले च्याते पछि केहि संरचनाहरु पानीले बिगार्न थालेको देखिन्छ ।

पाता ढुवानीकालागि नेपालगञ्ज पुगेका निर्माण समितिका अध्यक्ष अश्विनी कुमार हमाल लकडाउनले उतै रोकिए पछि यता अविरल बर्षाले नव निर्मित संरचना बिग्रिने अवस्थामा पुग्न लागेकोछ।

मन्दिरको महत्वपुर्ण संरचना जोगाउन तत्कालै छाना छाउन अत्यावश्यक भएकाले छाना छाउने सामग्री ढुवानीको पहल गरिदिन सम्बन्धित पक्ष संग स्थानियवासीहरुले अनुरोध गरेका छन् ।

कविराज कार्की / मुगु ।