उपत्यकामा १८६ सहित देशभर थप ८८४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितकाे कुल संख्या ३७ हजार ३४० पुगेकाे छ ।
उनका अनुसार काठमाडौँमा १५५, ललितपुरमा १९, भक्तपुरमा १२ जनामा कोरोना(कोभिड-१९) पुष्टि भएको ।