भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

अगस्ट १० मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछी उपचाररत भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षमा निधन भएको छ।
सोमबार निधन भएका मुखर्जी कोरोना संक्रमणपछि केही दिनदेखि कोमामा थिए।
मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए।
