पुजारी हत्या आरोपमा दुई जना पक्राउ

रौतहट, १६ भदौ : रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल रहेका छन्। दुवैजनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। भदौ ३ गते राति पुजारी साहको हत्यापछि दुवैजना फरार थिए। घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल भने फरार छन्।
दुवै जना जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि हुन्। उनीहरु भागेर भारत गएको आशंका गरिएको छ। घटना अघि पुजारी साह र वडाध्यक्ष नरुल्लाहबीच विवाद भएको थियो।
