प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना


विराटनगर, १६ भदौ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना भाइरसबाट संक्रमित भएका छन्।

मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो। उनलाई आइतबारदेखि लगातार पखाला लागेको थियो। सोमबार ज्वरो आएपछि मन्त्री घिमिरेले पीसीआर परीक्षण गराएका थिए।

सोमबार साँझ नै मन्त्री घिमिरेको रिपोर्ट पाजेटिभ आएको थियो। मन्त्री घिमिरे अहिले घरमा नै बसेका छन्। उनको परिवारका अन्य सदस्यहरुको पनि स्वाब संकलनको तयारी भइरहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।