वीर अस्पतालका ७१ स्वास्थ्यकर्मीमा कोरोना

काठमाडौँ, १७ भाद्र : काठमाडौँको वीर अस्पतालमा हालसम्म ७१ स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

मंगलबार मात्र १३ स्वाथ्यकर्मी र तीन बिरामीमा कोरोना संक्रमण देखा परेको छ। कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ। अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार हालसम्म १२ डाक्टर र १२ नर्समा कोरोना संक्रमण देखिएको बताए।बाँकी पीसीआर परीक्षण गराएका स्वास्थ्यकर्मीहरुको रिपोर्ट आउन बाँकी छ।