भैरहवामा नवलपरासी पश्चिमका संक्रमितको मृत्यु

बुटवल, १७ भाद्र : भैरहवामा कोरोनो भाइरसको संक्रमणबाट नवलपरासी पश्चिमका एक जनाको मृत्यु भएको छ।

भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमको रामग्राम–५ की ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलका अनुसार ती महिलामा उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या थियो। सुरुआतमा उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ आईसीयू बेड खाली नभएपछि भदौ १५ गते भैरहवाको भीम अस्पताल ल्याइ उपचार गरिँदै थियो। उक्त अस्पतालमा यसअघि उक्त अस्पतालमा एक कारोना संक्रमितको ज्यान गएको थियो।