धनुषामा जन्मिए चम्ल्याहा बच्चा

धनुषा, १७ भाद्र : धनुषामा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। उनको स्वास्थ्य अवस्था भने गम्भीर रहेको छ।

धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चम्ल्याहा बच्चा जन्माएकी हुन्। व्यथा लागेपछि उनलाई मंगलबार जनकपुरधामस्थित काव्या अस्पताल गरिएको थियो।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चा निकालेकी हुन्। शल्यक्रियामार्फत जन्मिएका शिशुमा तीन छोरी र एक छोरा छन्। छोराको तौल डेढ किलो तथा छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ।

तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। एउटाको भने स्वास्थ्यमा समस्या देखिएको छ। बच्चाहरुको श्वासप्रश्वासमा समस्या देखिने भएकाले केही दिन चिकित्सकको निगरानीमा राख्नु पर्ने डा सिंहले बताइन्।

सुत्केरीको फोक्सोमा पानी तथा रगत जमेको छ। उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।