उपत्यकामा ३५४ सहित देश भर ९८० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २९०, ललितपुर र भक्तपुरमा ३२, ३२ जना छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ।