काठमाडौं उपत्यकामा ३९६ मंगलबार देशमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।
यस्तै, मंगलबार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन्।