काठमाडौंमा ३ सहित ५ को कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा देश भर कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सहित ५ जनाको मृत्यु भएको जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । त्यस्तै चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।