एका बिहानै ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, भदौ ३१ : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर २० मिनेटमा ठूलो धक्का महशुस भएको हो । 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षति’bout भने विस्तृत विवरण आइसकेको छैन।

भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएको थिए ।