डा. गोबिन्द केसी काठमाडौँमा पक्राउ (हेर्नुस भिडियो)

डा. गोबिन्द केसीलाई काठमाडौँ विमानस्थलबाट पक्राउ गरिएको छ । जुम्लाबाट हिजो नेपालगंज आइपुगेका केसी काठमाडौँमा नै सत्याग्रहमा बस्ने भनेर केहीबेर अगाडी काठमाडौँ विमानस्थल आइपुग्नासाथ सरकारले पक्राउ गरेको छ।

९ दिनदेखि अनसन बसेका केसी लाई प्रहरीले गाडीबाट लछार पछार पर्दै निकालेर पक्राउ गरेको थियो। प्रहरीले पक्राउपछि डा केसीलाई वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएकोछ । हेर्नुस भिडियो

आज बिहान ११ः३० बजे नेपालगन्जबाट काठमाडौं आएका हुन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर लगेको हो। उनले त्रिवि शिक्षण अस्पताल जान खोजेका थिए। शिक्षण अस्पतालबाटै उनी गत वर्ष अवकास लिएका थिए। प्रहरीले बलजफ्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले बताए।

डा. केसीले ट्रमा सेन्टरमै सत्याग्रह जारी राख्ने बताएका छन्। आज उनको सत्याग्रहको नवौं दिन हो। उनको स्वास्थ्य कमजोर हुँदै गएको छ भने शरीरमा चिनीको मात्र पनि न्यून भएको भेरी अस्पतालका चिकित्सकले बताएका छन्।