‘माइ लभ’
‘म राम्री छैन र ? भनत,’ उसको यस प्रश्नले मलाई साच्चीकै चकित वनयो । किन मसँग सोध्नु परेको होला । मैले अगाडि हेरे उसको ब्वाय फ्रेन्ड अझ हुने वाला ब्वायफ्रेन्ड भन्दा उपयुक्त होला, माछा मार्न तल्लीन थियो । अनी उ र म चाही नजिकैको वेञ्चमा वस्न मात्र भ्याएका थियौँ उसले त्यो अनौठो प्रश्न तेस्र्याइ ।
मैले उसले थाहा नपाउने गरी राम्ररी उसलाई हेरेँ । अफ्रिकी मूलकी भए पनि गहुँगोरो वर्ण, ठूला ठूला आँखा (अझ केही वेरको परिचयमै मैले उसको वारेमा थाहा पाएको कुरा थियो उ मुस्कुराउनुभन्दा पहिले उसका आँखा मुस्कुराएको भान हुन्थ्यो), मझौलो कद ठीक्ककी न मोटी म दुब्ली । कुनै पनि पुरुषलाई आकर्षित गर्न सक्ने लगभग सबै पक्ष थिए उसमा । तर पनि उसको त्यो प्रश्नले मलाई उ आफै प्रति विस्वस्त भए जस्तो लागेन ।
नजिकैको मोवाइल फोन स्टोरमा काम गथ्र्यो टेरी । लगभग २५–२६ वर्षको पठ्ठो । निकै स्मार्ट, चलाख । अफ्रिकी मूलको उसले आफ्नो घुम्रिएको कपाललाई डिजाइन दिनका लागि कानभन्दा अलि माथिसम्म खौराएको थियो अनी वाकी कपाल (तालुको वरीपरि) चाही पालेको थियो । यसले गर्दा उसको आफ्नै कपालले नै टोपीको आकार लिदै गएको थियो । निकै हँसिलो र आफैमा यस्तो मस्त की हिड्दा गित गुनगुनाउने क्रममा नाच्दै हिड्थ्यो ।
भेट भएको दोस्रो पटक उ यीनै युवतीसँग आएको थियो र मलाई अनुमान लगाउन कठिन भएन की यी युवती उसकी गर्ल फ्रेन्ड हुन् । तर मेरो अनुमान आनशिक रुपमा मात्र ठिक रहेछ । उसले मेरो परिचय युवतीसँग गराउदे भनेको थियो–मेरो साथी ।
तर ति दुबैबीचको सम्बन्ध हेर्दा मात्र साथीको जस्तो थिएन । अनी त्यही दिउसो मैले उसलाई सोधेँ–मैले त तिम्रो गर्ल फ्रेन्ड भनेको साथी मात्र रहिछन् हइ ।
उसले मुस्कुराउदै जवाफ दिएको थियो–अहिले साथी मात्र हो तर हामीले एक अर्कालाई राम्ररी चिन्ने प्रयास गर्दै छौँ । त्यही भएर संगै छौ । हेरौ हामी दुवै रिलेसनसिपमा हुन सक्छौँ की ।
उसको भनाइले मलाई चकित तुल्याएको थियो । विहे अघि गर्ल फ्रेन्ड ब्वाय फ्रेन्ड लिभ इन रिलेसनसिपमा वस्ने त सुनेको थिए । तर यहाँ त कुरा अझ अर्कै थियो । अहिले दुबै जना अघि एक अर्कासँग समय विताएर रिलेसनसिपमा हुन सक्ने सम्भावना खोतल्दै थिए विहेको त कही कतै कुनै सम्भावना उम्रेको थिएन ।
तर दुईवीचको सम्बन्ध भने लगभग प्रेमी प्रेमिकाबीचको जस्तै थियो । हो, टेरी अली लापरवाह जस्तो देखिन्थ्यो । तर उसकी साथी भने अली गम्भिर र आफूहरूवीचको सम्बन्ध प्रति निकै सजग । मैले उसलाई भेटेको पहिलो दिन नै मेरो सामान्य जिज्ञासाको जवाफमा उसले भनेकी थिइ–यो उसको निर्णयमा भर पर्छ अव । अर्थात उसले टेरीलाई स्विकारी सकेकी थिइ तर टेरीले भने निर्णय गर्न सकेको थिएन ।
टेरिको अनिर्णयका सम्बन्धमा कुरा हुदा नै उसले मसँग त्यो प्रश्न सोधेकी थिइ–म राम्री छैन र ?
उता टेरी भने उसकै अगाडि अरु युवतीहरूसँग टेलिफोनमा कुरा गथ्र्यो । मैले को हुन् भनेर सोधेको ‘साथी’ भन्ने जवाफ फर्काएको थियो ।
‘यसरी अरु युवतीहरूसँग कुरा गर्दा उनलाई मन नपर्ला नी हैन र ?’ मेरो जवाफमा उसले आफ्ना आँखा नचाउदै भनेको थियो–किन मन नपराउनु ? जसरी उ मेरो साथी हुन त्यसैगरी वाकी अन्य पनि मेरा साथी नै हुन् ।
टेरीले यसोभन्दा उ मुस्कुराएकी मात्र थिइ । टेरीले यसरी उसकै सामुन अन्य युवतीसँग कुरा गर्दा उ भित्र कतै आहत भएको उसको अनुहारबाटै थाहा हुन्थ्यो ।
‘उसले तिमिलाई मन नपराएको भए अथवा उसको इच्छा तिमीसँग रिलेसनसिपमा हुने नभएको भए किन तिमीलाई सँगै लिएर हिड्थ्थो ?’ मैले यसोभन्दा उ एक तमासले शुन्यतामा हराएकी जस्ती देखिएकी थिइ ।
‘त्यसमाथि तिमिमा कुनै कमी छैन । टेरी त भाग्यमानी रहेछ उसका लागि तिमी भेटियौ ।’ मैले यसोभन्दा वल्ला उ म तिर फर्की र मुस्कुराउदै ‘धन्यवाद’ भनी ।
‘ए महासय ! मेरो युवतीलाई भडकाइ रहेका त छैनौँ तिमिले ?’ अचानक कुन वेला हो टेरी अगाडि आएर भन्दा म झस्कीएको थिए ।
‘त्यसो त होइन । तर कुरा भने तिम्रै गरिरहेका थियौँ हामीले ।’ मैले भने
‘के कुरा’ भन्दै उ हाम्रो विचमा वस्यो ।
‘तिमीहरूको सम्बन्ध हेर्दा तिमीहरूवीच रिलेसनसिपमा भएको नै देखिन्छ । हो, घोषणा गर्न मात्र वाकी छ होला । अनी किन मान्दैनौँ त त्यो कुरालाई अव ?’
मेरो कुरा सुनेर उ अली गम्भिर हुदै भन्यो–त्यो त्यति सजिलो छैन मित्र, एक पटक निर्णय लिइ सकेपछि पछाडी फर्कन निकै गहारो हुन्छ ।
अनी आफ्नो आँखालाई उनी तिर फर्काउदै फेरी भन्यो ‘मैले आफूले मात्र ढीला गरेको होइन, वरु उनलाई पनि समय दिएको हो । केटाकेटी जस्तै तत्काल गरेको निर्णय पछि हामी दुबैलाई घाँडो हुन सक्छ ।’
टेरीको कुरा सुनेर उनको अनुहारमा अली निरासाको भाव आए जस्तो लागेको थियो मलाई ।
अनी आज मात्र हो, उनीहरूसँग भेट भएको । चार दिनको अन्तरालपछि उनीहरूसँग भेट भएको थियो । यसवीच म पनि आफ्नो काममा व्यस्त भएको थिए । उनीहरूको सम्बन्धका वारेमा विचार मेरो मनमा पनि आएको थिएन ।
तर आज अचानक देख्दा भने मलाई पुनः जिज्ञासा उत्पन्न भएर आयो । आखिर के निर्णय भयो त उनीहरूवीच ?
उता कार नजिकै ल्याएर रोक्ने क्रममा टेरीले हात हल्लाएर अभिवादन ग¥यो । छेउको सिटमा उनी पनि थिइन् । मैले दुबैको अनुहारको भाव हेरेर पत्ता लगाउने कोशिश गरेँ, तर सकिन ।
अनी गाडी रोकेर दुबै मेरो नजिकै आएर उभिए । टेरीले म तर्फ हात वढाउदै भन्यो–म तिमीलाई कसैसँग भेट गराउन चाहन्छु । उनी एलिजावेथ, माइ लभ !
टेरिको कुरा सुनेर एलिजावेथ लजाउदै मुस्कुराई ।
‘म निकै खुसी छु नी ।’ उसले भन्न नपाउदै टेरीले भन्यो–सुन, म त झन तिमीभन्दा वढी खुसी छु है ।