उपत्यकामा ६४७ सहित थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ असोज : पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा ८२३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो संगै कुल मृतकको संख्या ४२९ पुगेको छ।