गृहले सोध्यो हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण, भेटियो ११ नम्बर सीमा स्तम्भ


जनकबहादुर शाही
हुम्ला, अशोज–८ ।

नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृहले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ दत्तराज हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको भन्दै गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यस’boutमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको ’boutमा अनुगमन गर्न लाप्चा खटाएको थियो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन ।

घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको छ । प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

नेपालसंग सिमा जोडिएको उत्तरी छिमेकी मुलुका चीन र नेपालको बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ फेला परेको छ ।

नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सिमा स्तम्भ फेला पारेको हो।

सिमास्थम्भ नाम्खा गाउँपालिका ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताएका छन । उनका अनुसार ११ नम्बर सीमा स्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको जनाकारी दिए ।

चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्थम्भ राखेको ५८ वर्षपछि फेला परेको अध्यक्ष लामाले बताए भने प्रमुख जिल्ला अधिकारी जिल्ला नफर्किदा सम्म यस बिषयमा केही भन्न नसकिने स्थानिय प्रशासनले जनाएको छ ।

बिगत ५ बर्षदेखि ११ नम्बर सिमास्थम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना विवाद पटकपटक दोहाएको निचोडमा पुगेको सुरक्षा अधिकारीको टोलीले त्यसको खोजिलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो । सिमा प्रहरी चौकी हिल्सामा रहेका एक सुरक्षा अधिकारीका अनुसार चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खेजविनले हराएको पिल्लर फेला परेको अध्यक्ष लामाले बताए ।

हराएको ११ नम्बर पिल्लर सिमा प्रहरी चौकी हिल्सादेखि ७ घण्टाको पैदल दूरीमा रहेको बताएका सिमा स्तम्भ खोजि कार्यमा संलग्न एक सुरक्षाकर्मीका अनुसार बिहान हिल्साबाट खटिएको सुरक्षाकर्मीको टोलीले अपरान्ह १ बजेतिर फेला पारेको हो । खोज्दैंजाँदा टाकुले लेकको खोजमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो देखियो ती सुरक्षाकर्मीले भने नजिक गएर राम्रो सँग माटो र हिउँ पञ्छाएर हेर्दा त ११ नम्बर सिमा स्तम्भ रहेछ । हराएको भनिएको सिमा स्तम्भ पाए पछि खुसिले रमाएको अध्यक्ष लामाले बताए ।

लोलुङजोङमा चीनियाँ अधिकारीसँगको वार्ता सफल नभएपनि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सिमा स्तम्भ खोज्न सफल भएको छ ।

सहायक प्रजिअ हमालले सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताए । उनले स्पष्टिकरणको जवाफ लेख्ने तयारी गरिरहेको बताए ।

सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको भए पनि लिमिका स्थानियबासिले परापुर्बकाल देखि हामीले भोग चलन गर्दै आएको भुभाग कसरी चिनको हुन्छ सरकार के हेरिरहेको छ भन्छन नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ ।