काठमाडौंमा उपत्यकामा २२८३ सहित सोमबार नेपालमा ४०४७ कोरोना संक्रमित थपिए

काठमाडौं, असोज २६ : काठमाडौंमा उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, सोमबार नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म  ६४५  जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १४७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।