कन्डम फेसन

 

डिसेम्बर १ का दिन संसारभर ३० औँ विश्व एड्स दिवस मनाइरहँदा नेपालमा पनि ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइयो । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाउने गरिएको छ । २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितलाई उपचारमा पहुँच पुर्याउने सरकारको प्रतिवद्धता छ । विश्व स्वास्थ्य संगठनलेविश्वमा सन् २०३० सम्ममा एचआइभी÷एड्सको महामारी अन्त्य गर्ने दिगो विकासको लक्ष्य लिएको छ ।

 

नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । ३०औँ विश्व एड्स दिवसको अवसरमा काठमाडौंस्थित राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आयोजित विभिन्न कार्यक्रमहरु मध्ये कन्डम फेसन शो ले विशेष आकर्षण थपेको थियो।  ‘वि फर चेन्ज’ नामक संस्थाले आयोजना गरेको उक्त कन्डम फेसनशो अहिलेको पुस्तामा घट्दै गएको कन्डमको प्रयोगको ’bout जनचेतनाका लागि प्रदर्शन गरिएको थियो ।

 

कन्डमको प्रयोगले एचआईभीको संक्रमणलाई रोक्न सकिन्छ भन्ने सन्देश दिन मोडेलहरु कन्डमले सजिएका पहिरन लगाएर क्याटवाकमा उत्रिएका थिए । विभिन्न डिजाइनरहरु द्वारा तयार पारिएका पहिरनहरुमा करिब २१ जना मोडेलहरु आत्मविश्वासका साथक्याटवाक गर्दा उपस्थित आगन्तुकहरुले तालीले उनीहरुको हौसला बढाएका थियो । एचआइभी संक्रमित हुनेमा अहिले पनि पुरुष नै धेरै छन् कारण अहिलेका युवा पुस्ता अझै पनि कन्डमको प्रयोग गर्ने कुरामा लाज मान्ने गरेको बताउँदै  जनचेतनाका लागि यस्ता कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुस्मिना वैद्यले बताए । अन्त्यमा अतिथिहरु तथाआगन्तुकहरुबाट भोटिङका आधारमा उत्कृष्ट मोडेलपनि छानिएको थियो ।

शब्द/तस्विर : सुनिल शर्मा