थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ ३० असोज : पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको उनले बताए।पछिल्लो २४ घन्टामा कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । आज थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।यी सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ।