काठमाडौं उपत्यकामा सङ्क्रमित ८९५ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६७३, ललितपुरका १४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

१५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ८६२ पुगेको छ ।