भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने

काठमाडौं, कात्तिक ११ : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । 

नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी कार्यतालिका तय भएको छ । भारतीय पक्षले कात्तिक १९ गते आउनेगरी तीन दिने भ्रमणका कार्यतालिका नेपाली सेनालाई पठाएको छ । नेपाली सेनाले सेही अनुसार भ्रमण तगा भेटघाटको कार्यक्रम तयारी थालेको छ । 

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अनुमान गरिएको छ। – काठमाडौँ प्रेस