उपत्यकामा एक हजार ८८८ थप
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म काठमाडौंँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७४२ पुगेको छ । तीमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ५९९ रहेकामा ६ हजार १९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ ।
भक्तपुरमा पाँच हजार ६५० जना सङ्क्रमित भएकामा चार हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । – रासस