अमेरिकामा आज निर्वाचन, ट्रम्प र जो बाइडेनबीच प्रतिस्पर्धा
काठमाडौं, कात्तिक १८ : अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।
निर्वाचनमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहेका छन् भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् । चुनावी नतिजा फेरबदल गर्नसक्ने एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, पेन्सलभेनियालगायतका राज्यको मत निर्णायक हुने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एबिसी न्युजले २ दिनअघि गरेको गरेको मत सर्वेक्षणमा वाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको थियो ।
मत सर्वेक्षणलाई मात्र हारजितको आधार भने मान्न सकिँदैन । अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए । अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ । अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन् ।
तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन् । बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन् । तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन् । राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन् । सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।