१ करोड रकमसहित काठमाडौंबाट ३ जना हुन्डी कारोबारी पक्राउ

काठमाडौंको ओमबहालबाट एक करोड रुपैयाँसहित हुन्डीको अवैध कारोबार गर्ने तीनजना पक्राउ परेका छन् ।
ओमबहालबाट हिजो साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकम’bout थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।
