प्रदेशसभा सदस्य वाग्लेद्वारा आर्थिक सहयोग
वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाउने दशैं भत्तामा एक महिनाको पारिश्रमिक थप गरी एक विद्यार्थीलाई प्राबिधिक विषय अध्ययन गराउन सहयोग गर्नुभएको छ । उहाँले गोरखा घर भई नारायणगढमा बसोवास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफि विषय अध्ययनका आर्थिक सहयोग गर्नुभएको हो ।
प्रदेशसभा सदस्य वाग्लेले आज कलेज पुगेर ढकालको भर्ना वापत रु १ लाख भुक्तान गरिदिनु भएको हो । नेपाली काँग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आफूले तलब समेत थप गरी जेहेन्दार छात्रा ढकाललाई प्राबिधिक शिक्षा अध्ययन गर्न सहयोग गर्न लागेको जानकारी दिनुभयो ।
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को तीन वर्षे कार्यक्रम रेडियोग्राफि रहेको छ । समाजसेवी समेत रहनुभएका वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब तथा रामपुरमा निर्माण हुँदै गरेको गौंतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १ लाख प्रदान गर्नुथियोे । -रासस