सिमा निरिक्षणकालागि हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, उपचारका लागि हेलिकोप्टरमा सुर्खेत लगियो


जनकबहादुर शाही
हुम्ला, कार्तिक–२२ : सिमा निरिक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शुक्रबार मुगु हुदै हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा हुडिक गाउ नजिकै लड्दा टाउकोमा चोट लागेर घाईते भएका हुन । घाईते मुख्यमन्त्री शाहीलाई माउण्टेन एयको हेलिकप्टरमा उपचारका लाग सुर्खेत लगिएको छ ।

शनिबार मुख्यमन्त्री शाहीको हिल्सा र लिमी जाने कार्यक्रम रहेको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नआएपछि हिल्सा र लिमी जाने कार्यक्रम आईतबारका लागि सरे पछि सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका योजना अनुगमान गर्न गएका मुख्यमन्त्री शाही तजाने क्रममा हुडिक गाउँ नजिकै खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् । सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएका शाहीको अबस्था सामान्य रहेको मुख्यमन्त्री सचिवालय श्रोतले जनाएको छ ।

मुख्यमन्त्री शाहीलाई सिमकोटबाट गएको हेलिकप्टरले सिमकोट ३ बरगाउको बागचाल्नाबाट उद्धार गरी सदरमुकाम ल्याइ थप उपचारका लागि सुर्खेत लगिएको छ । मुख्य शाही सँगै कर्णाली प्रदेशसभा प्रतिपक्षदलका नेता एबं काँग्रेस केन्द्रिय सदस्य जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता एबं कृषि मन्त्री बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको पनि उस्थिती रहेको थियो ।