ट्रम्पलाई हराउदै जो बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित

काठमाडौं, कात्तिक २२ : अमेरिकाको राष्टपतिमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै डमोक्रेटिक पार्टीका जोसेफ आर वाइडन चुनिने भएका छन् ।

पेन्सलभेनिया राज्यमा वाइडनले जित हासिल गर्दै आगामी जनवरीदेखि चार बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित भएका हुन् ।

बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन्। 

वाइडनले पेन्सलभेनिया राज्यमा जित हासिल गरेसँगै ३ सय ७३ इलेक्ट्रोल मत पाउने भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुनको लागि २ सय ७० इलेक्ट्रोल मत आवस्यक पर्छ । वाइडनल मतगणना जारी रहेको जर्जिया, नेभेडा र एरिजोनामा पनि अग्रता कायमै राखेका छन्।

बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।